Home » Blog » वीरगंजमा अनिश्चितकालीन निषेधाज्ञा जारी

वीरगंजमा अनिश्चितकालीन निषेधाज्ञा जारी

Ankushdaily
0 comment 24 views

वीरगंज ।
जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति सुरक्षालाई मध्यनजर गर्दै वीरगंज महानगरपालिकाका विभिन्न संवेदनशील क्षेत्रहरूमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार, आज पौष २१ गते दिउँसो १:०० बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि यो निषेधाज्ञा जारी गरिएको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी गरिएको आदेश अनुसार, तोकिएका क्षेत्रहरूमा हुलदङ्गा वा अशान्ति हुन नदिन कुनै पनि किसिमका भेला हुन, सभा, सम्मेलन, जुलुस निकाल्न तथा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ। प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) को अधिकार प्रयोग गर्दै यो आदेश जारी गरेको हो।
निषेधाज्ञा लागू हुने चार किल्लाहरू यस प्रकार छन्:
• पूर्व: बसपार्क
• पश्चिम: सिर्सिया पुल
• उत्तर: पावर हाउस चोक
• दक्षिण: शंकराचार्य गेट
प्रशासनले जारी गरेको यस आदेशको उल्लंघन गर्ने वा अटेर गर्ने जो कोहीलाई नियन्त्रणमा लिई कानुन बमोजिम कडा कारवाही गरिने चेतावनी समेत दिएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.