Home » Blog » सशस्त्र प्रहरीद्वारा ‘जिउँदो सहिद’ मन्सी पटेलको घरमा विद्युतीकरण र खाद्यान्न सहयोग

सशस्त्र प्रहरीद्वारा ‘जिउँदो सहिद’ मन्सी पटेलको घरमा विद्युतीकरण र खाद्यान्न सहयोग

Ankushdaily
0 comment 10 views
वीरगन्ज ।
२५औँ सशस्त्र प्रहरी दिवस–२०८२ को सुखद अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले एक विशेष परोपकारी कार्य सम्पन्न गरेको छ। गणले वीरगन्ज महानगरपालिका–२८ बगही निवासी मधेश आन्दोलनका ‘जिउँदो सहिद’ भनेर चिनिने ३६ वर्षीय मन्सी पटेलको परिवारलाई विद्युतीकरण तथा खाद्यान्न सहयोग उपलब्ध गराएको हो।
विभिन्न दाताहरूको सहयोगमा निर्माण भएको पटेलको जस्ताले छाएको ३ कोठे नयाँ घरमा आर्थिक अभावका कारण विद्युतको व्यवस्था हुन सकेको थिएन। उक्त समस्यालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीको प्राविधिक टोलीले घरका तीनवटै कोठा र बाहिरी भागमा पूर्ण रूपमा वाइरिङ गरी पंखा समेत जडान गरिदिएको छ। उक्त कार्यको प्रभावकारिता सुनिश्चित गर्न सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पूरणचन्द्र भट्ट आफैँ पटेलको घरमा पुगेर उपकरण जडानको निरीक्षण गर्नुभएको थियो। सो क्रममा गणका तर्फबाट पटेलको परिवारलाई आवश्यक खाद्यान्न सामग्री समेत हस्तान्तरण गरिएको थियो।
पुस २४ गतेबाट सुरु गरिएको विद्युतीकरणको कार्य २५ गते साँझ ५:०० बजे सफलतापूर्वक सम्पन्न भएको गणले जनाएको छ। स्थापना दिवस मनाउने क्रममा सशस्त्र प्रहरीले आफ्नो सुरक्षात्मक जिम्मेवारीका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न र लक्षित वर्गलाई प्रत्यक्ष राहत पुग्ने यस्ता सेवामूलक कार्यलाई प्राथमिकता दिएको एसपी भट्टले बताउनुभयो। यो सहयोगसँगै पटेलको परिवारमा खुसी छाएको छ।
कार्यक्रम मा समाजसेवी प्रकाश थारुको पनि सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.