Home » Blog » दाहालको सम्मानमा कांग्रेसको विशेष महाधिवेशनका औपचारिक कार्यक्रम आजलाई स्थगित

दाहालको सम्मानमा कांग्रेसको विशेष महाधिवेशनका औपचारिक कार्यक्रम आजलाई स्थगित

Ankushdaily
0 comment 8 views
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका ओपचारिक कार्यक्रम आजलाई स्थगित भएका छन् ।
नेपाली कांग्रेसका नेता, प्रजातान्त्रिक आन्दोलनका योद्धा एवं अग्रज पत्रकार होमनाथ दाहालको निधन भएका कारण शोक मनाउन आजका औपचारिक कार्यक्रम स्थगित गरिएको संचार तथा प्रचारप्रसारसमिति संयोजक सुवासकुमार पोखरेलले जानकारी दिए ।
दाहालको ८४ वर्षको उमेरमा निधन भएको हो । पोखरेलले भोलि र पर्सी हुने विशेष महाधिवेशन भने यथावत् रहेको जानकारी दिए ।
प्रचारप्रसार सदस्यसचिव माधव चम्लागाईंका अनुसार आज र्यालीसहितका कार्यक्रम आयोजना गर्ने कार्यक्रम थियो ।
विशेष महाधिवेशन भृकुटीमण्डपमा आइतबार र सोमबार हुँदैछ । त्यसका लागि अधिकांश जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् । दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले दाहालको सम्मानमा आजका पदयात्रा लगायतका सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित भएको जनाए ।
73317a88-faaa-4d78-b810-d87fe7ce30f9.jpg

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.