24
वीरगञ्ज ।
पिपुल फर्स्ट पार्टीले पर्सा जिल्ला समन्वय समितिको संयोजकमा बिरेन्द्र कण्ठलाई चयन गरेको छ ।
वीरगञ्जको गणेशमान चोकस्थित ‘नागरिक प्रथम अभियान’ को कार्यालयमा आज बसेको बैठकले कण्ठलाई सर्वसहमतिमा संयोजकको जिम्मेवारी सुम्पेको हो ।
पार्टीको संगठनलाई जिल्लामा थप प्रभावकारी बनाउन र विस्तार गर्नका लागि आजको बैठकले कान्तको नेतृत्वमा जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको बताइएको छ ।
