Home » Blog » पत्रकार गोविन्द देवकोटालाई ‘गोपाल गिरी पत्रकारिता पुरस्कार’, वरिष्ठ पत्रकार गौतम र अन्य दुई पनि सम्मानित हुने

पत्रकार गोविन्द देवकोटालाई ‘गोपाल गिरी पत्रकारिता पुरस्कार’, वरिष्ठ पत्रकार गौतम र अन्य दुई पनि सम्मानित हुने

Ankushdaily
0 comment 31 views
वीरगन्ज ।
नेपाल पत्रकार महासंघ पर्साले यस वर्षको प्रतिष्ठित ‘स्वर्गीय गोपाल गिरी पत्रकारिता पुरस्कार–२०८२’ पत्रकार गोविन्द देवकोटालाई प्रदान गर्ने निर्णय गरेको छ। महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा मंगलबार बसेको कार्यसमितिको बैठकले देवकोटासहित अन्य विभिन्न विधाका पुरस्कार विजेताहरूको नाम टुंगो लगाएको हो।
विगत अढाई दशकभन्दा बढी समयदेखि पर्सा जिल्लालाई कार्यक्षेत्र बनाएर सक्रिय पत्रकारिता गर्दै आएका देवकोटालाई ५१ हजार रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गरिनेछ। महासंघले स्व. गिरीको स्मृति दिवस अर्थात् यही माघ १ गते आयोजना हुने विशेष समारोहमा नगद र कदरपत्रसहित उहाँलाई सम्मान गर्ने जनाएको छ।
त्यसैगरी, बैठकले ‘स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२’ वीरगन्जका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ। २५ हजार रुपैयाँ राशिको यो पुरस्कार छिट्टै एक विशेष समारोह आयोजना गरी वितरण गरिने अध्यक्ष खनालले जानकारी दिनुभयो।
यसका साथै, महासंघले ‘स्व. नरेश सर्राफ क्रियाशील पत्रकारिता पुरस्कार’ बाट दुई महिला पत्रकारलाई सम्मान गर्ने भएको छ। महासंघका अनुसार उक्त पुरस्कार वर्ष २०८१ का लागि पत्रकार माधुरी महतो र वर्ष २०८२ का लागि पत्रकार विमला गुप्तालाई प्रदान गरिनेछ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.