Home » Blog » प्रहरी महानिरीक्षक कार्कीद्वारा मानव सेवा आश्रमको अवलोकन, खाद्यान्न तथा नगद सहयोग हस्तान्तरण

प्रहरी महानिरीक्षक कार्कीद्वारा मानव सेवा आश्रमको अवलोकन, खाद्यान्न तथा नगद सहयोग हस्तान्तरण

Ankushdaily
0 comment 6 views
वीरगञ्ज ।
नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले वीरगञ्ज–२५, सिर्सियास्थित मानव सेवा आश्रमको स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ। सो अवसरमा उहाँले आश्रममा आश्रित वृद्धवृद्धा तथा आमाबुवाहरूका लागि दिवा खाजा, अत्यावश्यक खाद्यान्न सामग्री र नगद १० हजार रुपैयाँ सहयोग स्वरुप हस्तान्तरण गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै आइजीपी कार्कीले मानव सेवा आश्रमले समाजमा पुर्‍याउँदै आएको मानवीय सेवा अत्यन्त सराहनीय रहेको बताउनुभयो। उहाँले आश्रमको सुरक्षा र व्यवस्थापनमा सहजीकरण गर्न नेपाल प्रहरीका तर्फबाट एक जना प्रहरी कर्मचारीलाई चौबिसै घण्टा खटाइएको जानकारी दिँदै, आगामी दिनमा पनि प्रहरी संगठनको तर्फबाट निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा मधेस प्रदेश प्रहरी प्रमुख गोविन्द थपलिया र पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकको विशेष उपस्थिति रहेको थियो। आश्रमका संस्थापक देवेश गुप्ताका अनुसार, कार्यक्रममा आश्रमका अभिभावकहरू प्रकाश थारु, कमल चैलागाई, डा. निरज सिंह, डा. प्रिति यादव, मौसमी श्रेष्ठ तथा स्वयंसेवकहरूलगायतको सहभागिता रहेको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.