Home » Blog » नेपाल राष्ट्रिय प्राविको व्यवस्थापन समिति विस्तार, अध्यक्षमा रविभूषण तिवारी चयन

नेपाल राष्ट्रिय प्राविको व्यवस्थापन समिति विस्तार, अध्यक्षमा रविभूषण तिवारी चयन

Ankushdaily
0 comment 30 views
राम विश्वास चौधरी ,
पोखरिया ।
पोखरिया नगरपालिका–३ बसन्तपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति विस्तार गरिएको छ। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न तथा व्यवस्थापन पक्षलाई थप प्रभावकारी बनाउन अभिभावकहरूको भेलाले सर्वसम्मत रूपमा समिति विस्तार गरेको हो। भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविभूषण तिवारीलाई चयन गरेको छ।
नवनिर्वाचित समितिका सदस्यहरूमा शिवलाल मुखिया विन, रिता देवी कानु, पानमती देवी, रिमा देवी पटेल र उपेन्द्र यादव रहनुभएको छ। त्यसैगरी, वडा सदस्यको तर्फबाट हरेन्द्र महतो केवट र शिक्षा प्रतिनिधिका रूपमा सुरेश प्रसाद चौहान समितिमा समेटिनुभएको छ भने सदस्य सचिवको जिम्मेवारी चन्द्रिका प्रसाद चौहानले पाउनुभएको छ। अध्यक्षमा चयन भएसँगै तिवारीले विद्यालयको समग्र विकासका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
भेलामा सहभागी अभिभावकहरूले नयाँ समितिबाट विद्यालयको शैक्षिक सुधार, भौतिक पूर्वाधार निर्माण र विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छन्। नवनिर्वाचित समितिले विद्यालय र समुदायबीच समन्वय बढाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्न ठोस पहल गर्ने विश्वास लिइएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.