Home » Blog » पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमाथि आज सर्वोच्चमा सुनुवाइ

पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमाथि आज सर्वोच्चमा सुनुवाइ

Ankushdaily
0 comment 49 views
विरगंज ।
विशेष अदालतको आदेशले भ्रष्टाचार मुद्दामा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि, सो आदेश बदरको माग गर्दै गुप्ताले सर्वोच्चमा पुनरावेदन गरेका थिए।
उक्त निवेदनको सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको छ। यसअघि सर्वोच्चले यस प्रकरणमा कैफियत प्रतिवेदन समेत माग गरेको थियो।
पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा मुछिएका गुप्तामाथि पदको दुरुपयोग गरी ५३ लाख रुपियाँ घुस लिएको गम्भीर आरोप छ। कास्की मालपोतका प्रमुखको सरुवा रोक्ने र भूमि आयोगमा नियुक्ति दिलाउने प्रलोभनमा घरजग्गा व्यवसायीबाट रकम लिएको प्रमाण भेटिएको भन्दै विशेष अदालतले उनलाई थुनामा पठाउने आदेश दिएको थियो।
अदालतमा बयानका क्रममा गुप्ताले आफू निर्दोष रहेको र कुनै रकम नलिएको दाबी गरे पनि, तत्काल प्राप्त प्रमाणहरूले उनी निर्दोष नदेखिने अदालतको ठहर छ। सोही ठहरविरुद्ध गुप्ता न्याय माग्दै सर्वोच्च पुगेका हुन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.