Home » Blog » भारतीय पत्रकारहरूको टोलीलाई वीरगञ्जमा स्वागत

भारतीय पत्रकारहरूको टोलीलाई वीरगञ्जमा स्वागत

Ankushdaily
0 comment 152 views
वीरगञ्ज ।
अंकुश मिडिया प्रा.लि.का अध्यक्ष एवं विश्व पत्रकार महासंघ एशिया प्रशांतका संयुक्त सचिव दीपेन्द्र चौहानले अल इन्डिया जर्नलिस्ट युनियन (IMJU) का अध्यक्ष बाला भाष्करको नेतृत्वमा आएको २० सदस्यीय पत्रकारहरूको टोलीलाई आज वीरगञ्जस्थित शंकराचार्य गेटमा स्वागत गरेका छन्।
उक्त अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, महासंघ पर्साका सचिव विजय कुमार महतो र हिन्दु पत्रकार संघका अध्यक्ष राजन रौनियार लगायतको उपस्थिति रहेको थियो। अध्यक्ष चौहानको निमन्त्रणामा नेपाल आएको उक्त टोलीले भोलि वीरगञ्जमा आयोजना हुने ‘नेपाल-भारत सम्बन्धमा मिडियाको भूमिका’ विषयक विचार गोष्ठीमा सहभागिता जनाउनेछ भने आजै वीरगञ्जमा आफ्नो युनियनको बैठक समेत सम्पन्न गर्ने कार्यक्रम रहेको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.