Home » Blog » वीरगञ्जमा ‘स्पिक फर इन्भाइरोन्मेन्ट’ सचेतना कार्यक्रम सम्पन्न, विद्यार्थीद्धारा वायु प्रदूषण न्यूनीकरणमा जोड

वीरगञ्जमा ‘स्पिक फर इन्भाइरोन्मेन्ट’ सचेतना कार्यक्रम सम्पन्न, विद्यार्थीद्धारा वायु प्रदूषण न्यूनीकरणमा जोड

Ankushdaily
0 comment 23 views
वीरगञ्ज ।
‘लिभिङ विथ इन्भायोन्मेन्ट’ (Living With Environment) पर्सा शाखाको आयोजनामा वीरगञ्जस्थित बीपीसी कलेजको नयाँ भवनमा “वातावरणका लागि आवाज (स्पिक फर इन्भाइरोन्मेन्टए-क्यू-आई)” शीर्षकको वक्तृत्वकला तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।
विशेषगरी शहरी क्षेत्रमा बढ्दो वायु प्रदूषण र यसले मानव स्वास्थ्यमा पारिरहेको गम्भीर असरबारे विद्यार्थी तथा समुदायलाई सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा वायु गुणस्तर सूचकांक (एयर क्वालिटी इन्डेक्स) को अवस्था, यसको तथ्यांक विश्लेषण र प्रदूषण न्यूनीकरणका व्यवहारिक उपायहरूबारे गहन छलफल भएको थियो।

प्रतियोगितात्मक उक्त कार्यक्रममा वीरगञ्जका ६ वटा विद्यालयको सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूले अनुसन्धानमा आधारित प्रस्तुति दिँदै वातावरण संरक्षणमा आफ्ना तार्किक धारणा राखेका थिए।
प्रतियोगितामा ‘द रोयल एकेडेमी’ ले उत्कृष्ट प्रस्तुति र ‘अल्पाईन सेकेन्डरी स्कुल’ ले उत्कृष्ट रिपोर्टका लागि उपाधि जित्न सफल भए। कार्यक्रममा श्री सुन्दरमल रामकुमार कन्या मावि, वीरगञ्ज पब्लिक कलेज, विद्या सदन सेकेन्डरी स्कुल र साउथ जोन सेकेन्डरी स्कुलका विद्यार्थीहरूको पनि सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाको वातावरण तथा हरियाली प्रवर्द्धन शाखाका प्रकाश बहादुर र डिभिजन वन कार्यालय पर्साका मो. आरिफ हुसैन निर्णायक तथा अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँहरूले वातावरण संरक्षणमा युवा पुस्ताको भूमिका अपरिहार्य रहेको बताउँदै व्यवहारिक सुधारमा जोड दिनुभयो।
कार्यक्रम संयोजक मुन्ना कुमारका अनुसार संस्थाका अध्यक्ष लक्की कुमार बरनवालको नेतृत्वमा उपाध्यक्ष बासिर आलम गादी, सचिव अंकुश पटेल, उप–सचिव धिराज कुशवाहा, कोषाध्यक्ष सिमरन श्रीवास्तव, उप–कोषाध्यक्ष बिक्की कुमार सिंह, पीआरओ शोभा कुमारी र अजित ठाकुर तथा कार्यक्रम सञ्चालिका आयुष्मा सोनी लगायतको सक्रिय भूमिकाका कारण कार्यक्रम सफल भएको हो।
‘लिभिङ विथ इन्भायोन्मेन्ट’ पर्साले वातावरण संरक्षण, जनचेतना अभिवृद्धि तथा दिगो भविष्य निर्माणका लागि यस्ता शैक्षिक तथा सामाजिक अभियानहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.