संतोष रन्जितकार
वीरगंज, १३ माघ ।
पूर्व राजा ज्ञानेन्द्र शाह र उहाँकी पत्नी पूर्व रानी कोमल राज्यलक्ष्मी देवी शाह दुईसाताको भम्रणका लागि आइतबार सिमरा आईपुग्नुभएको छ ।
आइतबार दिउँसो ४ बजे सिमरा बिमानस्थल आईपुग्नु भएका पूर्व राजा रानीलाई सयौको संख्यामा आएका राजाका सर्मथकहरुले भव्य स्वागत गरेका छन् । २ साताको बसाईका लागि आइतबार सिमरा आईपुग्नु भएका पूर्व राजा, रानी सिमरा बसाईको क्रममा तराईका बारा, पर्सा र जनकपुर भम्रण गर्ने कार्यक्रम रहेको नेपाल राष्ट्रवाद संघको केन्द्रिय अध्यक्ष जनकलाल शाहले जानकारी दिनुभएको छ ।
पूर्व राजा शाह सोमबार सिमरा स्थित प्रभु निवासमा आराम गर्ने र मंगलवार देखि बारा र पर्सा जिल्लाका धार्मिक स्थलहरुको भम्रण गर्ने कार्यक्रम रहेको केन्द्रिय अध्यक्ष शाहले जानकारी दिनुभएको छ । पूर्व राजा, रानीको स्वागतमा सिमरा विमानस्थलमा २ घण्टा अघि नै उपस्थित भएका सयौ संख्यामा रहेका सर्मथकहरुले राजा आउ देश बचाउ भन्दै नारा लगाएका थिए । सर्मथकहरुले सिमरा विमानस्थलदेखि सिमरा चोकसम्म लाईनवद्ध भएर पूर्व राजाको स्वागत गरेका थिए ।
6