Home » Blog » “मानव कल्याणका कार्यक्रम प्रभावकारी बनाउन सामाजिक संस्थासँग सहकार्य गरिन्छ” — मुख्यमन्त्री सिंह

“मानव कल्याणका कार्यक्रम प्रभावकारी बनाउन सामाजिक संस्थासँग सहकार्य गरिन्छ” — मुख्यमन्त्री सिंह

Ankushdaily
0 comment 15 views
वीरगन्ज ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सामाजिक सेवा क्षेत्रमा क्रियाशील संस्थाहरूसँग सहकार्य गर्दै मानव कल्याणका कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।
शनिबार वीरगन्जस्थित मानवसेवा आश्रमको अवलोकन भ्रमणका क्रममा मुख्यमन्त्री सिंहले आश्रमले असहाय, अशक्त र बेवारिसे नागरिकको सेवा मार्फत समाजमा मानवता र समर्पणको प्रेरणादायी उदाहरण प्रस्तुत गरेको बताए।
जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, नेतृ रम्भा मिश्रा, मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम लगायतको टोलीसहित आश्रम पुगेका मुख्यमन्त्री सिंहले आश्रमको व्यवस्थापन, सेवा भावना र समर्पित टोलीको कार्यशैलीप्रति गहिरो सम्मान व्यक्त गरे।
मुख्यमन्त्री सिंहले प्रदेश सरकारले यस्ता सेवामूलक संस्थाहरूसँग सहकार्य गर्दै अगामी दिनमा मानवीय सेवाका कार्यक्रमहरूलाई नीति, बजेट र व्यवस्थापनको दृष्टिले थप सशक्त बनाउनेतर्फ उन्मुख रहेको बताए।
मानवसेवा आश्रमले सडकमा बेवारिसे अवस्थामा रहेका मानसिक अशान्ति भएका, अशक्त तथा गरिब व्यक्तिहरूलाई उद्धार गरी आश्रय, उपचार तथा पुनःस्थापनाको सेवा दिँदै आएको छ। मुख्यमन्त्रीको यो भ्रमणले प्रदेश सरकारको ध्यान आश्रमको सेवा कार्यतर्फ केन्द्रित भएको आश्रम प्रशासनले जनाएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.