Home » Blog » गगन थापाको नेतृत्वमा भरोसा, एमाले त्याग्दै पुर्व मन्त्री जितेन्द्र नारायण देव कांग्रेसमा प्रवेश

गगन थापाको नेतृत्वमा भरोसा, एमाले त्याग्दै पुर्व मन्त्री जितेन्द्र नारायण देव कांग्रेसमा प्रवेश

Ankushdaily
0 comment 6 views
काठमाडौं ।
संविधान सभा सदस्य जितेन्द्र नारायण देव नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरी पुनः नेपाली कांग्रेसमा फर्किएका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले नेपाली कांग्रेसको पछिल्लो राजनीतिक कार्यदिशा र गगन कुमार थापाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै आफू आधिकारिक रूपमा पुरानै पार्टीमा फर्किएको घोषणा गरेका हुन् । कांग्रेसको हालै सम्पन्न विशेष राष्ट्रिय महाधिवेशनले पारित गरेका नवीन नीति, योजना र रूपान्तरणकारी प्रतिबद्धताहरूलाई आत्मसात् गर्दै उनले यो निर्णय लिएको स्पष्ट पारेका छन् ।
विशेष महाधिवेशनबाट आएको अग्रगामी सोच र नयाँ नेतृत्वले पार्टीलाई मात्र नभई समग्र मुलुकलाई नै जनहित र सामाजिक-राजनीतिक रूपान्तरणको मार्गमा लैजाने दृढ विश्वास देवले व्यक्त गरेका छन् । यसअघि कांग्रेस छाडेर एमाले प्रवेश गरेका उनले एमालेको वर्तमान कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै देशको बृहत्तर हितका लागि कांग्रेसको नवीन एजेन्डा नै अपरिहार्य रहेको उल्लेख गरेका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.