Home » Blog » अंकुश मिडियाका अध्यक्ष दीपेन्द्र चौहान कांग्रेस केन्द्रीय प्रचार–प्रसार समितिमा मनोनित

अंकुश मिडियाका अध्यक्ष दीपेन्द्र चौहान कांग्रेस केन्द्रीय प्रचार–प्रसार समितिमा मनोनित

Ankushdaily
0 comment 104 views
विरगंज ।
नेपाली कांग्रेसले अंकुश मीडिया प्रा.लि.का अध्यक्ष एवम वरिष्ठ पत्रकार दीपेन्द्र चौहानलाई पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिको सदस्यमा मनोनयन गरेको छ।
ललितपुरस्थित बी.पी. स्मृति भवनमा रहेको पार्टीको केन्द्रीय कार्यालयबाट माघ २९ गते जारी गरिएको नियुक्ति पत्रमार्फत उक्त जानकारी सार्वजनिक गरिएको हो।
आसन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन तथा समानुपातिकतर्फको मतभार बढाउन चुनाव प्रचार–प्रसारलाई थप प्रभावकारी, समन्वयात्मक र व्यवस्थित बनाउने उद्देश्यका साथ चौहानलाई उक्त जिम्मेवारी दिइएको हो। पत्रकारिता क्षेत्रमा चौहानको लामो अनुभव, सक्रियता र सञ्चारमाध्यमसँगको सुमधुर समन्वयले पार्टीको चुनावी अभियानलाई परिणाममुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास कांग्रेसले लिएको छ।
पार्टीका प्रवक्ता एवं केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसेद्वारा हस्ताक्षरित नियुक्ति पत्र प्राप्त गरेपछि चौहानले आफूलाई दिइएको जिम्मेवारी इमानदारीपूर्वक र परिणाममुखी ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.