Home » Blog » हिडेन ट्यालेन्टकाे प्रतिस्पर्धामा थिंग र कँडेल उत्कृष्ट

हिडेन ट्यालेन्टकाे प्रतिस्पर्धामा थिंग र कँडेल उत्कृष्ट

अंकुश दैनिक
0 comment 15 views

वीरगंज, २८ बैशाख ।
सामाजिक संस्था वातावरण जिउने आधारले आयोजना गरेको हिडेन ट्यालेन्ट नामक अनलाईन प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ । लकडाउनको समयमा युवाहरुमा रहेका प्रतिभाको प्रोत्साहनहोस् भन्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको थियो ।

संगित, नृत्य र हाँस्य लगायत विभिन्न विधामा रुचि राख्ने युवाहरुले आ-आफ्ना भिडियो संस्थालाई पठाएका थिए । यसरी पठाइएका भिडियोहरु संस्थाको सामाजिक सञ्जालमा राखिएको थियो । सामाजिक सञ्जालमा सबभन्दा बढी मन पराइएका उत्कृष्ट दुई भिडियोलाई पुरस्कृत गरिने संस्थाको योजना राखिएको थियो ।
आइतबार नतिजा सार्वजनिक गर्दै नृत्यतर्फ पद्मा कँडेल तथा चित्रकला तर्फ प्रयुषा थिंग उत्कृष्ट भएको जनाएको छ ।

उत्कृष्टद्धयलाई वातावरण जिउने आधारको आगामी कार्यक्रममा नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने संस्थाका सञ्चार अधिकारी दिपु वर्णवालले जनाएका छन् । साथै प्रतियोगितामा सहभागि भएका सबैलाई प्रमाण पत्र प्रदान गरिने वर्णवालले जनाए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.