काठमाडौं ।
आम निर्वाचन भएर नयाँ संसद गठन भएको नौं महिना पछि संसदीय समितिको सभापति चयन प्रक्रिया आजबाट सुरु भएको छ ।
सभामुख देबराज घिमिरेले सार्वजनिक गरेको कार्यसुची अनुसार आज बिषयगत तथा प्रक्रियागत समितिहरुको सभापतिका लागि उम्मेदवार मनोनयन प्रक्रिया सुरु हुदैँछ ।
संघीय संसद सचिवालयका अनुसार समिति सभापतिका लागि आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन समयसिमा तोकिएको छ ।
प्रमुख दलहरु बिच सहमति हुन नसक्दा ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया नौं महिनासम्म अबरुद्ध हुन पुगेको थियो । समितिको सभापति नहुदाँ संसदीय समितिले गर्नु पर्ने काम कारबाहीहरु प्रभाबित हुदैँ आएका थिए ।
संसदका १० वटै विषय र प्रक्रियागत समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरूप आज उम्मेदवारी दर्ता हुन लागेको हो । जसअनुसार भाेली संसदीय समितिहरूले नयाँ सभापित पाउने छन् ।
हालसम्म समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ ।