Home » Blog » आमाको सपनाबाट बनेको ३२ सय करोडको फिल्म

आमाको सपनाबाट बनेको ३२ सय करोडको फिल्म

अंकुश दैनिक
0 comment 13 views

एजेन्सि ।

जेम्स क्यामरुन निर्देशित अवतार: द वे अफ वाटर भोलिदेखि रिलिज हुँदै छ ।

अवतार: द वे अफ वाटर २५० मिलियन डलर यानी ३२ सय करोड नेपाली रुपैयाँमा बनेको छ । यसलाई अहिले सम्म विश्वकै महँगो फिल्म भनिएको छ ।

जेम्स क्यामरुनको अवतारको १३ वर्षपछि पुनः फिल्मको सिक्वेल लिएर आएका छन् । फिल्म रिलिज हुनु अघि सम्म सबैभन्दा धेरै कमाउने फिल्म अवतार नै रहेको छ । २००९ मा आएको अवतारले सबै रेकर्ड तोडेको छ।

अवतार फिल्मको अवधारणा सपनाबाट आएको हो। फिल्मका निर्देशक जेम्स क्यामरुनकी आमा शर्ली क्यामरुनले एउटा सपना देखेकी थिइन् । जसमा उनले नीलो रङ्गको केटी देखिन् । जसको लम्बाइ करिब १२ फिट थियो।

आमाले यो सपना जेम्सलाई सुनाउँदा उनलाई एउटा ग्रहको कथाको कल्पना गरे । जसमा नीलो रङका मानिस बस्छन् । जसको उचाइ १० देखि १२ फिट हुन्छ। यो त्यो समयको कुरा हो  जब जेम्सले टाइटानिक बनाउने बारे सोचेका पनि थिएनन् ।

जेम्सले आफ्नो फिल्म लेखेपछि आफैँ फिल्म बनाउने प्रविधि पनि आविष्कार गर्छन् । यसअघि क्यामरुनले टाइटानिक, द टर्मिनेटर जस्ता फिल्महरू बनाएका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.