Home » Blog » अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना भाइरसको संक्रमण पुष्टि

अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना भाइरसको संक्रमण पुष्टि

अंकुश दैनिक
0 comment 10 views

काठमाडौं ।

बलिउडका सबैभन्दा चर्चित सुपरस्टार अमिताभ बच्चनलाई कोरोना भाइरस भएको छ । त्यसैगरी उनका छोरा एवं अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना भाइरस भएको छ ।

अमिताभले शनिबार साँझ ट्वीट गर्दै आफ्नो बारेमा जानकारी गराएका हुन् । यसअघि उनीहरुलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको थियो ।

अमिताभको परिवारमा सबैलाई कोरोना भएको आशंका गरिएको छ । उनीहरुसंगै घरका सबै स्टाफको परीक्षण गरिएको छ । जसको रिपोर्ट आइतबार आउनेछ ।

अमिताभ पत्नी जया, बुहारी ऐश्वर्या राय र नातिनी आराध्याको रिपोर्ट आइतबार आउने छ ।

अभिषेक बच्चनबाट कोरोना परिवारमा पुगेको दावी गरिएको छ । हालै अभिषेकको पहिलो वेब सिरिज ‘ब्रिद’ लन्च भएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.