Home » Blog » मंसिरमा विशेष महाधिवेशन निर्विकल्प : गगन थापा

मंसिरमा विशेष महाधिवेशन निर्विकल्प : गगन थापा

Ankushdaily
0 comment 12 views
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मंसिरमा विशेष महाधिवेशन गर्ने कुरा निर्विकल्प भएको बताएका छन् । केन्द्रीय समितिको बैठकले निर्णय गर्न नसके पनि आवधिक अधिवेशन गर्ने समय नरहेकाले मंसिरमा विशेष अधिवेशन गर्नुपर्ने उनले बताए ।
उनका अनुसार मंसिरको २७–२८ गतेतिर महाधिवेशन गर्नुपर्छ । निर्वाचनअघि अधिवेशन गर्ने कुरा अनिवार्य रहेको पनि उनले बताए । महामन्त्री थापाले नेपाली कांग्रेस आगामी फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने पनि बताए ।
आगामी निर्वाचनमा भाग नलिने भन्ने राजनीतिक दलहरुलाई पनि संवादमार्फत निर्वाचनमा सहभागी हुन प्रयास गर्ने उनले बताए । निर्वाचनका लागि सरकारलाई सहयोग, खबरदारी गर्ने पनि बताए । सरकार राजनीतिक दलहरुले निर्वाध रुपमा राजनीतिक गतिवधि गर्न पाउने वातावरण बनाउनतर्फ गम्भीर नभएको आरोप लगाए ।
उनले भने, ‘फागुन २१ गते हुने निर्वाचनमा नेपाली काँग्रेस सहभागी हुन्छ । त्यो सँगै नेपाली काँग्रेस पार्टीले अहिले निर्वाचनमा भाग लिन्नौँ भनेका दलहरुलाई निर्वाचनमा ल्याउनका लागि हरसम्भव प्रयास गर्दछ । उनीहरुसँग संवाद गर्दछ, उनीहरुलाई निर्वाचनमा ल्याउनुपर्छ भन्ने पहल हुन्छ । सँगै निर्वाचनका लागि सरकारलाई सहयोग, खबरदारी गर्दछ । हातहतियार बाहिर छन्, कैदीहरु फरार छन् । राजनीतिक दलहरुले निर्वाध रुपले आफ्ना गतिविधि गर्न पाउनुपर्छ । सरकार राजनीतिक दलहरुले निर्वाध आफ्ना गतिविधि गर्न पाउनुपर्नेतिर गम्भीर भइरहेको छैन । फागुन २१ भन्दा अर्को कुनैपनि निकास नेपालको अहिलेको जटिलताले पाउँदैन । केही राजनीतिक दल र समूहको तर्फबाट जबरजस्ती उत्तेजना फैल्याउने, प्रतिशोध, निषेधको भाव फैल्याउने काम भएको छ । सरकारलाई थप अन्योलतामा लैजाने प्रवृत्ति देखिएका छन् । यो गलत छ, यसको विरुद्धमा हामी उभिन्छौँ । नेपाली काँग्रेसले आजका निर्णयहरुको भारी बोकेर शिर अग्लो बनाएर गर्वका साथ हिँड्न अधिवेशन गर्नैपर्छ । आज गरेको निर्णयलाई अधिवेशनबाट आएको नयाँ नेतृत्वले नै नयाँ नीतिका साथ अघि बढाउन सक्छ । यो अधिवेशन निर्वाचनअघि अनिवार्य गर्नैपर्छ । आवधिक अधिवेशन गर्नुपर्छ । अब निर्विकल्प कुरा भनेको विशेष महाधिवेशन हो । मंसिरको २७, २८ गतेतिर विशेष अधिवेशन गर्नुपर्छ । उत्तेजनाको नेतृत्व एउटा दलले गरिरहेको छ, शान्तिको नेतृत्व नेपाली काँग्रेसले गर्दछ ।’

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.