Home » Blog » नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ मा पुनः विवाद, कारबाही फुकुवाको पत्रबारे अन्योल

नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ मा पुनः विवाद, कारबाही फुकुवाको पत्रबारे अन्योल

Ankushdaily
0 comment 85 views
वीरगञ्ज ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले कारबाहीमा परेका नेताहरूको पद यथावत रहने निर्णय गरे तापनि पर्सा क्षेत्र नं १ मा नेतृत्वको विषयलाई लिएर पुनः विवाद चर्किएको छ।
केन्द्रबाट कारबाही फुकुवा भई पद पुनर्स्थापना भएको दाबी गरिरहेका क्षेत्रीय सभापति अरविन्द गुप्तालाई बाइपास गर्दै, आज लक्ष्मी नारायण पार्टी प्यालेसमा कार्यवाहक सभापति अनिल सिंहको अध्यक्षतामा क्षेत्रीय भेला आयोजना गरिन लागेपछि विवाद सतहमा आएको हो।
यस विषयमा प्रतिक्रिया दिँदै क्षेत्रीय सभापति अरविन्द गुप्ताले केन्द्रले पौष ३० गते नै आफ्नो पद यथावत रहने निर्णय गरिसकेको भए पनि सो पत्र नियतवश लुकाइएको आरोप लगाएका छन्। उनले भने, “मेरो कारबाही फुकुवा भई पद कायम भइसकेको अवस्थामा मलाई कुनै जानकारी नदिई बोलाइएको आजको भेला आधिकारिक होइन, मैले कुनै भेला बोलाएको छैन।”
यस सन्दर्भमा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीसँग बुझ्दा, उनले कारबाही फुकुवा भएका नेताहरू हालसम्म आधिकारिक रूपमा पार्टीको सम्पर्कमा नआएको बताए। कुर्मीले भने, “हामीले चुनावको तयारी स्वरूप पुरानो निर्णय अनुसार नै भेला गरिरहेका छौं। पद यथावत रहने भन्ने पत्र आज मात्र सामाजिक सञ्जालमा देख्न पाइयो। उहाँहरू आधिकारिक पत्रसहित पार्टी कार्यालयमा सम्पर्क गर्न आएमा हामी केन्द्रको निर्णय अनुसार नै आवश्यक प्रक्रिया अघि बढाउनेछौं।”

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.