Home » Blog » दिव्य बचत तथा ऋण सहकारी संस्थाको २८औं वार्षिक साधारण सभा सम्पन्न

दिव्य बचत तथा ऋण सहकारी संस्थाको २८औं वार्षिक साधारण सभा सम्पन्न

Ankushdaily
0 comment 20 views
राम विश्वास चौधरी,
पोखरिया ।
दिव्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८औं वार्षिक साधारण सभा पोखरिया नगरपालिकास्थित शिवमन्दिरको सभाहलमा भव्यताका साथ सम्पन्न भएको छ। संस्थाका अध्यक्ष उमेश चौहानको अध्यक्षतामा सम्पन्न उक्त सभामा संस्थाका लेखा प्रशासकीय अधिकृत बृजकिसोर चौहानले आर्थिक वर्ष २०८१/०८२ को ९ करोड ५२ लाख ८४ हजार २ सय ७३ रुपैयाँ बराबरको आय-व्यय विवरण र आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १५ करोड ५६ लाख ७० हजार रुपैयाँ बराबरको प्रस्तावित बजेट तथा वार्षिक कार्यक्रम प्रस्तुत गर्नुभयो ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष चौहानले संस्थाले हजारौं नागरिकलाई साक्षर बनाउनुका साथै बिना धितो सहुलियत दरमा ऋण लगानी गरेर महिला तथा युवाहरूलाई कृषि र पशुपालनमार्फत स्वरोजगार बनाएको बताउनुभयो। उहाँले संस्थाको मुनाफा सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, सडक तथा मठमन्दिर निर्माणमा लगानी भइरहेको जानकारी दिँदै शेयरधनीहरूलाई संस्थाप्रति पूर्ण विश्वास गर्न आग्रह गर्नुभयो। साथै, संस्थाले मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याइसकेको र चाँडै मुडलीमा नयाँ शाखा विस्तार गर्ने योजना रहेको अध्यक्ष चौहानले बताउनुभयो।
कार्यक्रममा समयमै ऋण चुक्ता गर्ने असल ऋणी, उत्कृष्ट शेयरधनी र कर्मचारीहरूलाई दोसल्ला, घडी र कदरपत्रसहित सम्मान गरिएको थियो। सो अवसरमा संस्थाका उपाध्यक्ष सोनालाल कुर्मी, सचिव अनरुद चाई, शिक्षक देवनाथ प्रसाद ठाकुर, उमेश बैठा, पत्रकार लालबाबु बानिया, धर्मेन्द्र चौरसिया लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। शेयरधनी, सुरक्षाकर्मी र सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष रामाकान्त पटेलले गर्नुभएको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.