Home » Blog » मेयर सिंह जोडिएको नागरिकता किर्ते प्रकरण: अनुसन्धानमा ढिलाइ नगर्न प्रहरी र सरकारी वकीललाई परमादेश

मेयर सिंह जोडिएको नागरिकता किर्ते प्रकरण: अनुसन्धानमा ढिलाइ नगर्न प्रहरी र सरकारी वकीललाई परमादेश

Ankushdaily
0 comment 113 views
वीरगञ्ज ।
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले जिल्ला प्रहरी कार्यालय पर्सा, प्रहरी उपरीक्षक र जिल्ला सरकारी वकील कार्यालय पर्साका नाममा परमादेश जारी गरेको छ।
अदालतको इजलास नं. ५ स्थित माननीय न्यायाधीश निर्मला शाक्य र माननीय न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले सो आदेश जारी गरेको हो। वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले किर्ते जालसाजी गरी अर्कैकी छोरी रुविना श्रेष्ठलाई नागरिकता दिलाएको भनिएको विषयमा दर्ता भएको मुद्दा (मुद्दा नं. ०८१-WO-१०४०, दर्ता मिति २०८२/०१/३०) मा विपक्षी निकायहरूले आफ्नो कानूनी दायित्व निर्वाह नगरेको ठहर गर्दै अदालतले सो परमादेश दिने फैसला गरेको हो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.