Home » Blog » होर्मुज जलमार्ग खुला गर्ने सर्तमा अमेरिका र इरानबीच युद्धविराम

होर्मुज जलमार्ग खुला गर्ने सर्तमा अमेरिका र इरानबीच युद्धविराम

Ankushdaily
0 comments 19 views
विरगंज ।
अमेरिका र इरानबीच जारी तनावलाई कम गर्दै दुई साता लामो युद्धविराम गर्ने सहमति जुटेको छ। पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ र सेना प्रमुख असीम मुनीरको विशेष आग्रहपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेका हुन्। यस सहमतिअनुरूप इरानले तत्काल होर्मुज जलमार्ग खुला गर्नेछ भने त्यसको बदलामा आगामी दुई सातासम्मका लागि सबै प्रकारका आक्रमण र बमबारी पूर्ण रूपमा रोकिनेछ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पनि यस युद्धविरामको औपचारिक पुष्टि गरेको छ। इरानद्वारा प्रस्तुत १० बुँदे प्रस्तावमाथि छलफल हुँदा दुई देशबीचका सम्पूर्ण विवादास्पद मुद्दाहरूमा आधारभूत सहमति निर्माण भएको बताइएको छ। यस सम्झौतालाई अन्तिम रूप दिन र प्रभावकारी कार्यान्वयनको दिशामा अघि बढाउन आगामी दुई साताको समय उपयोग गरिनेछ। साथै, दुई देशबीचको थप कूटनीतिक वार्ता पाकिस्तानको राजधानी इस्लामावादमा हुने तय भएको छ।

सम्बन्धित पोस्टहरू