Home » Blog » कर्मचारी प्रकरणमा मधेस विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण, प्रहरी अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

कर्मचारी प्रकरणमा मधेस विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण, प्रहरी अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

Ankushdaily
0 comment 73 views
वीरगन्ज ।
मधेस विश्वविद्यालयले आफ्नो कानुन तथा जनप्रशासन संकायमा कार्यरत प्रशासन कर्मचारी राजु राउत गद्दीको विषयलाई लिएर विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विश्वविद्यालयका उपकुलपति दिपक बहादुर शाक्यद्वारा जारी विज्ञप्तिमा आरोपित कर्मचारीको विषयमा विश्वविद्यालय प्रशासनलाई हालसम्म कुनै पनि आधिकारिक वा लिखित गुनासो प्राप्त नभएकाले घटनाको सत्यतथ्यबारे आफूहरू पूर्वजानकार नरहेको स्पष्ट पारिएको छ। यद्यपि, बाहिरिएका सञ्चार विवरणहरूले औंल्याएका कार्यहरू पदीय जिम्मेवारीको दृष्टिकोणले गम्भीर र कानुनविपरीत देखिएको विश्वविद्यालयले स्वीकार गरेको छ। यस घटनाको सम्बन्धमा हाल प्रहरीले अनुसन्धान गरिरहेको सन्दर्भमा, सत्यतथ्य बाहिर ल्याउन र यथाशीघ्र न्याय निरूपणका लागि अनुसन्धान प्रक्रियामा पूर्ण रूपले सहयोग गर्ने प्रतिबद्धता विश्वविद्यालयले व्यक्त गरेको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.