Home » Blog » बालेन शाह प्रधानमन्त्रीमा नियुक्त,वाग्लेलाई अर्थ र गुरुङलाई गृहसहित १६ मन्त्रीको नाम टुंगियो

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त,वाग्लेलाई अर्थ र गुरुङलाई गृहसहित १६ मन्त्रीको नाम टुंगियो

Ankushdaily
0 comment 27 views
विरगंज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र (बालेन) शाह नेपालको ४३औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभामा बहुमत प्राप्त दलका नेता शाहलाई बिहीबार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । नवनियुक्त प्रधानमन्त्री शाहको पद तथा गोपनीयताको शपथग्रहण शुक्रबार दिउँसो १२:३४ बजेका लागि तय गरिएको छ ।
प्रधानमन्त्री शाहसँगै नयाँ मन्त्रिपरिषद्का अन्य सदस्यहरूले पनि शुक्रबार नै शपथ लिने कार्यक्रम रहेको छ । रास्वपाले हालसम्म प्रधानमन्त्रीसहित १६ सदस्यीय मन्त्रिपरिषद्को नाम टुंगो लगाएको छ । जसअनुसार अर्थ मन्त्रालयको जिम्मेवारी स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्रालय शिशिर खनाल र गृह मन्त्रालयको कार्यभार सुधन गुरुङले सम्हाल्ने निश्चित भएको छ ।
त्यसैगरी, प्रतिभा रावललाई सामान्य प्रशासन, गणेश पौडेललाई पर्यटन, अमरेशकुमार सिंहलाई उद्योग, सुनील लम्साललाई भौतिक पूर्वाधार र गीता चौधरीलाई कृषि मन्त्री बनाइने भएको छ । शिक्षा मन्त्रीमा सस्मित पोखरेल, स्वास्थ्यमा निशा मेहता, महिला तथा बालबालिकामा सीता वादी, कानुनमा सोबिता गौतम र ऊर्जा मन्त्रीमा विराजभक्त श्रेष्ठको नाम टुंगो लागेको छ । साथै, सञ्चार मन्त्रालयको जिम्मा विक्रम तिमिल्सिना र श्रम मन्त्रालयको जिम्मेवारी दीपक साहलाई दिने गरी प्रारम्भिक मन्त्रिपरिषद् गठनको तयारी गरिएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.