Home » Blog » कलाकार सापकोटाको युरोप भ्रमण

कलाकार सापकोटाको युरोप भ्रमण

अंकुश दैनिक
0 comment 9 views

काठमाण्डौं, २७ बैशाख ।  गायक तथा संगीतकार चेतन सापकोटाको युरोप भ्रमण निकै सफल भएको जनाइएको छ । जनप्रगतिशील मन्च बेल्जियमको निमन्त्रणामा शुरुमा दुइवटा कार्यक्रमको लागि आएका सापकोटाको प्रस्तुति रूचाइएपछि युरोपका ९ वटा देशहरुमा १५ वटा कार्यक्रम गर्नुपरेको थियो । बेल्जियममा पहिलो कार्यक्रममा उनको प्रस्तुति देखेर अन्य ६ वटा कार्यक्रमहरु थपिएका थिए भने डेनमार्कमा दर्शकको मागबढेपछि उनले दोहोराएर कार्यक्रम गर्नुपरको थियो । उनले युरोपको कार्यक्रमबाट उत्साहित भएर आप्mनो संगीतमा २ वटा एल्बम निकाल्ने घोषणा गरेका छन् । पहिलो एल्बममा बेल्जियमा निवासी चर्चित गायक नारायण धितालको स्वर र अर्जुन भिखारीको शब्द रहनेछ भने दोस्रो एल्बममा यसु थापाको शब्दमा स्पेन निवासी गायक तुलसी सिवाकोटी, बेल्जियम निवासी गायक नारायण धिताल, अन्जु पन्त, शिव परियार, प्रमोद खरेल, कृष्ण काप्mले लगायतको स्वर रहनेछ । युरोप भ्रमणकै क्रममा उनले नया“ गीत “मेरो देशमा बुद्ध पठाईदेऊ “ को म्युजिक भिडियो स्पेनमा बनाएका छन् । गंगाराम सापकोटाको छायांकन र सम्पादन रहेको गीतको निर्देशन उनले आफै गरेका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.