Home » Blog » तरकारी र फलफुल बिक्री–वितरणमा रोक

तरकारी र फलफुल बिक्री–वितरणमा रोक

अंकुश दैनिक
0 comment 11 views

संतोष रन्जितकार
बिरगंज २५ चैत।
– वीरगञ्जमा भोलिबाट (बुधबार) प्रशासनले तरकारी र फलफुल बिक्री–वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयमा कोभिड १९ कमाण्ड पोष्टको आज (मंगलबार) बसेको बैठकले सो निर्णय गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको कमाण्ड पोष्टको बैठकले अपेक्षा गरे अनुसार व्यवस्थित रुपमा तरकारी र फलफुल बिक्रीवितरण भएको नपाइएकाले रोक लगाएको हो ।

यसअघि केही निश्चित स्थान र केही खुल्ला स्थानमा तरकारी र फलफुल बिक्रीवितरण हुदैं आएको थियो । तर आपसमा ३ फिट दुरी कायम नगरी भिडभाड गरेर बिक्री–वितरण भएको पाइएकोले यो निर्णय गर्न बाध्य भएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।

तर कसैले होम डेलिभरी गर्न चाहेमा त्यसलाई भने प्रोत्साहन गर्ने निर्णय भएको बस्नेतले बताउनुभयो । साथै, बैठकले जारी लकडाउनको समीक्षा गर्दै थपिएको लकडाउनलाई प्रभावकारी बनाउने पनि निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कार्कीको अध्यक्षतामा बसेको सो कमाण्ड पोष्टको बैठकमा वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, नारायणी अस्पतालमा प्रमुख डा. मदन उपाध्याय, चण्डी प्रसाद गणका प्रमुख सेनानी मदनजंग राणा, प्रहरी उपरीक्षक गंगा पन्त, सहायक प्रजिअ ललित कुमार बस्नेत लगायतको उपस्थिति रहको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.