Home » Blog » वीरगञ्जमा निकालियो हनुमान जयन्तीको ऐतिहासिक शोभा यात्रा, सुरक्षा र व्यवस्थापन चुस्त

वीरगञ्जमा निकालियो हनुमान जयन्तीको ऐतिहासिक शोभा यात्रा, सुरक्षा र व्यवस्थापन चुस्त

Ankushdaily
0 comment 15 views
वीरगञ्ज।
हनुमान जयन्तीको अवसर पारेर विश्व हिन्दू परिषद् नेपालको अगुवाइमा भव्य शोभा यात्रा सम्पन्न भएको छ। वर्षेनी आयोजना हुँदै आएको यस धार्मिक र्‍यालीमा वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाबाट बाजागाजा र सांस्कृतिक झाँकीसहित उल्लेख्य संख्यामा श्रद्धालुहरूको सहभागिता रहेको थियो।
दिउँसो २ बजे स्थानीय घण्टाघरबाट प्रारम्भ भएको उक्त र्‍याली माईस्थान, हनुमान मन्दिर, विर्तामाई, छप्कैया छठघाट, रेल्वे रोड, अमर चोक, पञ्चमुखी हनुमान मन्दिर र गहवा हुँदै पुनः घण्टाघरमै पुगेर विसर्जन गरिएको थियो। चर्को गर्मीलाई मध्यनजर गर्दै स्थानीय क्लब तथा विभिन्न संघसंस्थाहरूले र्‍याली परिक्रमा गर्ने मार्गका विभिन्न स्थानमा पिउने पानी, जुस र सर्वतको प्रबन्ध मिलाएका थिए। यसका अतिरिक्त, पर्सा जिल्लाका अन्य स्थानहरूमा समेत विभिन्न धार्मिक संस्थाहरूले आ-आफ्नै तवरले र्‍याली तथा कार्यक्रमको आयोजना गरी हनुमान जन्मोत्सव मनाएका छन्।
ठूलो संख्यामा उपस्थित सहभागीहरूको व्यवस्थापन गरी कार्यक्रमलाई मर्यादित बनाउन आयोजकले करिब दुई हजार स्वयंसेवक परिचालन गरेको थियो। साथै, सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायहरू (नेपाल प्रहरी र सशस्त्र प्रहरी बल) को समन्वयमा सुरक्षा व्यवस्था चुस्त पारिएको थियो। सरोकारवाला सबै पक्षको प्रभावकारी सहकार्यले यस वर्षको शोभा यात्रा शान्तिपूर्ण र उल्लासमय वातावरणमा सम्पन्न भएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.