Home » Blog » घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

Ankushdaily
0 comment 31 views
धनुषा, २० चैतः
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षकलाई रु ४० हजार घुस रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरी निरीक्षक वकिल अधिकारी रहेका छन् । अख्तियारको बर्दिवास कार्यालयका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण आयोजनाअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्य गरिरहेका एक ठेकेदारसँग घुस लिँदै गर्दा प्रहरी निरीक्षक अधिकारीलाई आज पक्राउ गरिएको हो । प्रहरी निरीक्षक अधिकारीमाथि विभिन्न बहानामा निर्माणमा प्रयोग हुने सवारी साधन रोक्ने तथा काममा अनावश्यक बाधा गर्ने आरोप छ । यही क्रममा ठेकेदारसँग रकम मागेको सूचनाका आधारमा अख्तियारको टोलीले प्रहरी निरीक्षक अधिकारीलाई घुस रकमसहित पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.