Home » Blog » अख्तियारद्वारा सामाजिक विकास मन्त्रालयमा छापा

अख्तियारद्वारा सामाजिक विकास मन्त्रालयमा छापा

अंकुश दैनिक
0 comment 7 views

जनकपुर ।

कोरोना महामारी नियन्त्रण तथा रोकथामको मुख्य अभिभारा बोकेको प्रदेश न. २ को सामाजिक विकास मन्त्रालयमा अख्तियारले अनियमितताको आशंकामा छापा मारेको छ ।

प्रदेश सरकारले सञ्चालन गरेको मिडिया ब्रिफिंग, आरटीपीसीआर खरिद, स्वास्थ्य महाशाखाले खरीद गरेको स्वास्थ्य सुरक्षा सामाग्री लगायतमा अनियमितता भएको भएको उजुरी परेपछि अख्तियारले छापा मारेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालयले मन्त्रालयमा अनियमितता र अपारदर्शीता परेकाले छानविनका लागि मिडिया ब्रिफिङ र अपूर्ति महाशाखा अन्तर्गतका सम्पूर्ण कागजातहरु नियन्त्रणमा लिएको जनाएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.