Home » Blog » जोरबिजोर प्रणालीबाट खोलिएको बजार सोमबार देखि बन्द गर्ने जिल्ला प्रशासन कार्यालय पर्साकाे निर्णय

जोरबिजोर प्रणालीबाट खोलिएको बजार सोमबार देखि बन्द गर्ने जिल्ला प्रशासन कार्यालय पर्साकाे निर्णय

अंकुश दैनिक
0 comment 6 views

संतोष रन्जितकार
वीरगन्ज, २५ जेठ ।
जिल्ला प्रशासन कार्यालय पर्साले जोरविजोर प्रणालीबाट खोल्ने भनिएको वीरगन्ज बजार अर्को सूचना जारी नहुन्जेल सम्मको लागि स्थगीत गरेको छ । कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको २१ गते बसेको वैठकले आवश्यक स्वास्थ्य सम्बन्धि सुरक्षा सतर्कताका साथ जोर बिजोर प्रणालीमा बजार खोल्न दिने निर्णय गरेको थियो । जिल्ला प्रशासन कार्यालय पर्साले व्यवसायीहरुलाई बिभिन्न बर्गमा बिभाजन गरी व्यवसाय संचालन गर्न दिने निर्णय गरेको थियो ।
त्यसको लागि जिल्ला प्रशासन कार्यालयले गते र समय पनि तोकेको थियो । तर २३ गते साँझ बसेको कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले व्यवसायी तथा सेवाग्राहीले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड तथा सर्तहरुको पालनाको अवस्था हेर्दा संक्रमण फैलिन सक्ने देखिएको भन्दै तत्कालका लागि यस भन्दा पहिला प्रकाशित गरिएको निर्णय नं. २ को बुन्दा नम्बर ५ र ६ मा उल्लेख रहेको व्यवसाय बन्द गर्ने निर्णण गरेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.