काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा २७३ जनालाई कोरोना भाइरस रोेग(कोभिड १९)को पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नियमित प्रेस बिफिङका क्रममा संक्रमित थपिएको जानकारी दिनुभयो । यो संगै कोरोना संक्रमितको संख्या ५३३५ पुगेको छ ।
कोरोना जित्नेको संख्या भने ९१३ पुगेको छ । शनिबार मात्र २६ जना डिस्चार्ज भएका छन् । शनिबार संक्रमण पुष्टि भएका २७३ मध्ये २४७ पुरुष र ३६ महिला छन् ।
४ हजार ९ सय ४९ जना पुरुषमा संक्रमण देखिएको छ । ३ सय ८६ महिलामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका जिल्लाको संख्या ७२ पुगेको छ ।