बिरगंज ।
पर्सामा सत्तारुढ गठबन्धनबिच दरार आएको छ। मंगलबार जिल्ला समन्वय समितिको नयाँ नेतृत्व चयनका लागि जसपा र एमालेले गठबन्धन गरेर उम्मेदवारी दर्ता गराएका छन् भने नेपाली कांग्रेसले एक्लै उम्मेदवारी दर्ता गराएको हो ।
समन्वय समितिको प्रमुख सहित तिन सदस्य जसपा र उप-प्रमुख सहित ४ सदस्य एमालले लिने सहमति भएको छ।
महानगरमा कांग्रेस र जसपा मिलेर मेयर/उपमेयर तथा कार्यपालिका सदस्य भागवण्डा लगाएका थिए तर समन्वय समितिमा कांग्रेसले नेतृत्वको दावी गरेपछि जसपा एमालेसँग मिल्न गएको हो ।
जिल्ला समन्वय समितिको प्रमुखका लागि जसपाले कार्यपालिका सदस्य निरञ्जन साह सोनार (अजय सर्राफ) लाई उम्मेदवार बनाएको छ भने उपप्रमुखका लागि एमालेले बहुदरमाई नगरपालिकाका पुरन कुर्मीलाई अघि सारेको छ ।
यसैबीच नेपाली कांग्रेसले पनि जिसस नेतृत्वका लागि जिराभवानी गाउँपालिकाको कार्यपालिका सदस्य रहेका सरोज चौरसियालाई प्रमुखको उम्मेदवार बनाएको छ भने वीरगञ्ज वडा नम्बर ९ की सदस्य कुमारी सोनी पासवानलाई उपप्रमुखको उम्मेदवार बनाएको छ ।
१४ स्थानीय तहको प्रमुख/उपप्रमुख मध्ये कांग्रेसको १२ , एमालेको १०, जसपाको ५ र लोसपाको १ रहेको छ ।