बारा ।
बारा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनबाट जनता समाजवादी पार्टीका अध्यक्ष तथा सत्ता गठबन्धन उमेदवार उपेन्द्र यादव निर्वाचित भएका छन्।
६९ हजार १०७ मत खसेकोमा यादवले २८ हजार ४१५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।
उनका प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले २३ हजार ३३४ मत प्राप्त गरेका छन्। कुशवाहभन्दा यादवले ५ हजार ८१ मत बढी पाएका छन्।
यस्तै, नेकपा (एमाले)का उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गरेका छन् भने रास्वपाका रमेश खरेलले २ हजार ८२९ मत प्राप्त गर्दा आम जनता पार्टीका अरुण ज्ञवालीले २ हजार ७३८ मत प्राप्त गरेका छन्।