वीरगंज ।
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पुनः अर्को जाहेरी दर्ता भएको छ ।
नागरिकता किर्तेमा छानबिन भोगिरहेका मेयर सिंह माथि सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा सरकारी कागजात किर्ते गरेको भन्दै जाहेरी दर्ता भएको हो ।
विरगंज महानगरपालिका वडा नं ३ निवासी लियाकत अलिले मेयर सिंहले बाबु बनेर नागरिकता दिलाएकी रुबिना श्रेष्ठकी आमा रिता भट्टराईले मेयर सिंहलाई जोगाउन अदालतमा पेश गरेको कागजात फर्जी रहेको भन्दै जाहेरी दर्ता गरेका हुन् ।
भट्टराईकी छोरी रुबिनाको जन्मदर्तामा हस्ताक्षर गरेका तत्कालीन पञ्जिकाधिकारी भिखारी रायले आफ्नो नाम र हस्ताक्षर किर्ते गरेर जन्मदर्ता प्रमाणपत्र बनाएको बताएका छन्।
१२,८२७ दर्ता नं रहेको उक्त जाहेरी दरखास्त बुझ्दै प्रहरीले आवश्यक अनुसन्धान गरी वास्तविकता बुझि कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
जाहेरी पढनुहोस् :
