Home » Blog » पूर्णब्रह्म कबीर उपासक समाजको सत्सङ्ग सम्पन्न,’अन्नपूर्ण अभियान’ मार्फत विपन्नलाई सहयोगको घोषणा

पूर्णब्रह्म कबीर उपासक समाजको सत्सङ्ग सम्पन्न,’अन्नपूर्ण अभियान’ मार्फत विपन्नलाई सहयोगको घोषणा

Ankushdaily
0 comment 28 views
वीरगन्ज ।
पूर्णब्रह्म कबीर उपासक समाज नेपाल, पर्सा जिल्ला समितिको आयोजनामा वीरगन्ज महानगरपालिका–१५ भिश्वास्थित त्रिशूल चोकमा साप्ताहिक सत्सङ्ग तथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ। सन्त रामपालजी महाराजको नाम दीक्षा केन्द्रमा आयोजित उक्त कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट उल्लेख्य संख्यामा श्रद्धालुहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थाद्वारा सञ्चालित ‘अन्नपूर्ण अभियान’बारे प्रकाश पारिएको थियो। यस अभियानअन्तर्गत विपन्न तथा असहाय नागरिकलाई भोजन, वस्त्र, चिकित्सा, शिक्षा र बासस्थानको व्यवस्था गर्दै आइएको आयोजकले जनाएको छ। कोही पनि भोकै बस्न नपरोस् भन्ने उद्देश्यका साथ सञ्चालित यस मानव सेवा अभियानबाट लाभ लिन चाहनेहरूलाई आफ्नो यथार्थ विवरणसहित संस्थामा सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ।
यस्ता आध्यात्मिक कार्यक्रमले नशामुक्त, विभेदमुक्त, दाइजोमुक्त र भ्रष्टाचारमुक्त समाज निर्माणमा सकारात्मक परिवर्तन ल्याइरहेको संस्थाका पर्सा जिल्ला संयोजक नरेशप्रसाद पण्डितले बताउनुभयो। सामाजिक कुरीतिविरुद्ध जनचेतना अभिवृद्धि गर्ने र आध्यात्मिक ज्ञानको प्रचारप्रसार गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा नियमित रूपमा यस्ता साप्ताहिक सत्सङ्गहरू आयोजना हुँदै आएको उहाँले जानकारी दिनुभयो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.