वीरगञ्ज ।
बाराको निजगढ नगरपालिका–७ सहिद चोकमा रहेको वर्कसपमा ग्यास सिलिण्डर विस्फोट हुँदा वोल्डिग वर्कसपका संचालक रेशम मगरको मृत्यु भएका छ । निजगढ नगरपालिका ९ का रेशम मगरले संचालन गरेको रोहित वर्कसपमा काम गर्दैगरेको अचानक ग्यास सिलिण्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । ५ जना घाइते छन् ।
विस्फोटबाट घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन शाह, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल , ठेगाना नखुलेको २० वर्षीय ऋतु रजक, निजगढ ५ का ४५ वर्षीया सूर्यबहादुर थापा र पर्साका फिरोद देवान रहेको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । निजगढ नगरपालिका ५ बस्ने ४५ वर्षीय सुर्य बहादुर थापाको अवस्था सामान्य रहेको छ ।
थापाको निजगढ र अन्यको बिरगज स्थित बयोधा अस्पतालमा उपचार भईरहेको छ । प्रहरी प्रवक्ता न्यौपानेले लेथमा फलाम काट्ने क्रममा ग्यास सिलिण्डर विष्फोट भएको घटनाबारे थप अनुसन्धान भईरहेको बताए ।
यस्तै घटनाको सत्यतथ्य छानबिन गर्न निजगढका राजनीतिक दलहरूले माग गरेका छन्। सोमबार साझ संयुक्त विज्ञप्ती जारी गरी घटनालाई पारदर्शी र प्रभावकारी ढङ्गले अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन राजनीतिक दलले माग गरेका हुन्।