Home » Blog » सत्ता गठबन्धनको बैठक स्थगित

सत्ता गठबन्धनको बैठक स्थगित

Ankushdaily
0 comment 34 views

काठमाडौं ।

सत्ता गठबन्धनको सोमबार बिहानका लागि बोलाइएको बैठक स्थगित भएको छ। बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै अहिले बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको थियो।

बैठक राष्ट्रिय सभा अध्यक्षका विषयमा केन्द्रित हुने बताइएको थियो। सत्ता गठबन्धनमा देखिएको खटपटका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै रहने गरी नयाँ गठबन्धन बनाउने समझदारी बनेको छ।

गएराति सत्ता सहयात्राका विषयमा एमाले, माओवादी केन्द्र लगायतका दलहरुबीच उक्त समझदारी बनेको हो। सत्ता गठबन्धनको बैठक स्थगित भएसँगै केपी ओली निवास बालकोटमा नेकपा (एमाले) केन्द्रीय सचिवालयको आकस्मिक बैठक बसेको छ।

यस्तै माओवादी सचिवालय बैठक पनि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.