Home » Blog » एफइएसजीइ डिग्री प्राप्त गर्ने पहिलो नेपाली बने डा. राकेश कुमार झा

एफइएसजीइ डिग्री प्राप्त गर्ने पहिलो नेपाली बने डा. राकेश कुमार झा

Ankushdaily
0 comment 42 views
वीरगंज ।
नेपालका डा. राकेश कुमार झा युरोपियन सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपी (ESGE) बाट एफइएसजीइ (FESGE) उपाधि प्राप्त गर्ने पहिलो नेपाली बन्न सफल भएका छन्।
एसजीइले यसपटक एसियाली मुलुकका दुई चिकित्सकलाई यो उपाधि प्रदान गरेको हो। नेपालका डा. झासँगै भारतको एआईजी (AIG) अस्पतालका डा. नागेश्वर रेड्डीले पनि यो डिग्री प्राप्त गरेका छन्।
डा. झा वीरगञ्जस्थित ग्यास्ट्रो लिभर क्लिनिक एन्ड इन्डोस्कोपी सेन्टरका सञ्चालक हुन्। ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीको क्षेत्रमा अनुसन्धान, शिक्षण, व्यवसायिक तथा क्लिनिकल सेवा मार्फत उल्लेखनीय योगदान पुर्‍याएका विज्ञ चिकित्सकलाई यो डिग्री प्रदान गरिन्छ।
एफइएसजीइ डिग्रीलाई आफ्नो पेशागत यात्राको एक महत्वपूर्ण उपलब्धिका रूपमा लिएका डा. झाले यसले नेपाललाई अन्तर्राष्ट्रिय चिकित्सा क्षेत्रमा थप चिनाउने विश्वास व्यक्त गरेका छन्। उनले भने, “एफइएसजीइ डिग्री मेरो व्यक्तिगत सफलतासँगै देशकै गौरवको विषय हो। यसले विश्वस्तरमा नेपालको परिचय स्थापित गर्न सहयोग पुग्नेछ।”
यो उपाधि प्राप्त गर्नका लागि इएसजीइमा कम्तीमा १० वर्ष आबद्ध हुनुका साथै मोड्युल-१ र मोड्युल-२ को प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरेको हुनुपर्छ।
डा. झाले सन् २०१३ मा युकेको लिड्स युनिभर्सिटी अन्तर्गत जेनरल इन्फर्मरीबाट मोड्युल-१ र सन् २०१७ मा भारतको हैदराबादस्थित एसियन इन्स्टिच्युट अफ ग्यास्ट्रोइन्टेरोलोजीबाट मोड्युल-२ पूरा गरेका थिए।
यो वर्ष डा. झासहित कुल १२ जनाले एफइएसजीइ डिग्री प्राप्त गरेका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.