Home » Blog » सेयर बजारमा हरियाली, नेप्से ६२ अंकले उकालो

सेयर बजारमा हरियाली, नेप्से ६२ अंकले उकालो

Ankushdaily
0 comment 20 views
काठमाडौं ।
सेयर बजार परिसूचक नेप्से बुधबार उच्च अंकले बढेको छ । बैंक, वित्त, जलविद्युतलगायतका सबै समूहमा हरियाली छाएपछि समग्र बजार परिसूचक ६२.२५ अंकले बढेर २६७३.६९ अंकमा उक्लिएको हो ।
२५ सय अंकनजिक झरेको नेप्से उच्च अंकले बढ्दा २२७ कम्पनीको सेयर मूल्य उकालो लागेको छ । नेपाल माइक्रोफाइनान्स, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, बुटवल पावर कम्पनी, ओम मेगाश्री फर्मास्युटिकल्स र पिपुलस् हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै वित्त ५.४७ प्रतिशत, जलविद्युत ३.१३ प्रतिशत र बैंक २.९७ प्रतिशतले बढेको छ । नेप्सेमा उछाल आएसँगै ३०८ कम्पनीको १० अर्ब ५१ करोड ८४ लाख रुपैयाँभन्दा बढीको २ करोड ७२ लाख ४५ हजार कित्ता सेयर खरिद-बिक्री भएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.