Home » Blog » सम्पत्ति शुद्धीकरण मुद्दा विशेष अदालतको क्षेत्राधिकार भएको ठहर गर्दै देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

सम्पत्ति शुद्धीकरण मुद्दा विशेष अदालतको क्षेत्राधिकार भएको ठहर गर्दै देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

Ankushdaily
0 comments 18 views
विरगंज ।
सर्वोच्च अदालतले नेपाली कांग्रेसका पुर्व सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न र नगराउन अन्तरिम आदेश जारी गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गर्ने अनुसन्धान र सोसम्बन्धी कसुरका मुद्दाहरू हेर्ने विशेष क्षेत्राधिकार केवल विशेष अदालतसँग मात्रै सुरक्षित रहेको सर्वोच्चको ठहर छ। अदालतको यो व्याख्यासँगै काठमाडौँ जिल्ला अदालतबाट गत चैत २४ गते जारी भएको पक्राउ पुर्जी अब स्वतः निष्क्रिय भएको आदेशमा स्पष्ट पारिएको छ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार रिट निवेदक र सरकारी पक्ष दुवैको कानुनी बहस सुनेपछि यो अन्तरिम आदेश दिएको हो। यसअघि जेठ ५ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले विपक्षीसँग लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश मात्र जारी गरेको थियो। देउवा दम्पतीका तर्फबाट जेठ १ गते दायर गरिएको यस रिटमा सुरुमै पक्राउ रोक्न अन्तरिम आदेशको माग गरिए पनि सर्वोच्चले तत्काल त्यस्तो आदेश नदिई दुवै पक्षको तर्क सुनेर मात्र निष्कर्षमा पुग्नु उपयुक्त हुने अडान राखेको थियो।

सम्बन्धित पोस्टहरू