Home » Blog » प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित कांग्रेस सर्वोच्चमा

प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित कांग्रेस सर्वोच्चमा

Ankushdaily
0 comment 11 views
काठमाडौँ ।
नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको दाबी गर्दै पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
कांग्रेसको तर्फबाट रिट दर्ता तथा कानुनी प्रक्रिया संयोजनको जिम्मा पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई दिइएको कांग्रेसका तत्कालीन प्रमुख सचेतक श्याम घिमिरेले बताएका छन्। सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच गत शुक्रबार भएको भेटवार्तापछि कांग्रेसले आइतबार एमालेकै कदमअनुसार पुनर्स्थापनाको मुद्दा सर्वोच्चमा पुर्‍याएको हो।
कांग्रेसको तर्फबाट विघटित प्रतिनिधि सभाका संसदीय दलका प्रमुख सचेतक घिमिरे, सचेतक सुशीला थिङसहित ८ जना सांसद निवेदक बनेर रिट दायर गरिएको छ। सर्वोच्च अदालतले उक्त रिट दर्ताका लागि सोमबार समय दिने व्यवस्था मिलाएको कांग्रेसले जनाएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.