Home » Blog » लागू औषधका कारोबारी मेघराज चरेशसहित भारतमा गिरफ्तार

लागू औषधका कारोबारी मेघराज चरेशसहित भारतमा गिरफ्तार

Ankushdaily
0 comment 867 views
वीरगंज ।
रक्सौल प्रहरीले एसएसबीको सहयोगमा करोडौं रुपैयाँ बराबरको करिब १० किलो चरससहित वीरगंजका एकजनासहित ६ जनालाई पक्राउ गरेको छ।
एसडीपीओ तथा थानाध्यक्ष मनीष आनन्दका अनुसार नेपालबाट चरस लिएर भारतीय सीमा रक्सौलतर्फ लैजाने तयारी भइरहेको गुप्त सूचना प्राप्त भएपछि विशेष टोली गठन गरी अनुसन्धान सुरु गरिएको थियो।
जाँचका क्रममा आरजे २५ सीबी ४०२१ नम्बरको थार गाडीबाट ७ किलो चरस बरामद गरिएको र सोही गाडीमा सवार वीरगंजका मेघराज साह, सवाई माधवपुर (राजस्थान) का टीकम चन्द्र गोयल र अशोक अग्रवाल तथा उत्तर प्रदेश इटावाका बंगाली वर्मालाई पक्राउ गरिएको आनन्दले जानकारी दिनुभयो।
पूछताछपछि सुगौलीमा दुई व्यक्तिले बाइकमार्फत चरस बुझ्न पर्खिरहेको तथ्य खुल्यो। सोही आधारमा सुगौलीमा छापा मारेर पूर्वी चम्पारण, बिहारका तुरकौलिया निवासी सर्वजीत साह र रक्सौल हरदिया पंचायत–रतनपुर गाउँका अमावत कमलदेव रामलाई थप ३ किलो चरससहित पक्राउ गरिएको हो।
अनुसन्धानले उक्त तस्करी सञ्जालको मास्टरमाइन्ड वीरगंज निवासी मेघराज साह भएको पुष्टि गरेको प्रहरी स्रोतले बताएको छ। साहले नेपालमै पनि बारम्बार चरस डेलिभरी गर्दै आएको र उहाँविरुद्ध नेपालमा एफआईआर दर्ता भइसकेको जानकारी प्राप्त भएको छ।
रक्सौल–वीरगंज क्षेत्रलाई केन्द्र बनाइएका यस अन्तर्राष्ट्रिय तस्करी सञ्जालमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्न पनि प्रहरी अनुसन्धान जारी छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.