16
काठमाडौँ ।
अन्तरिम सरकार प्रमुख सुशीला कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार चार जनाको नाम मन्त्री नियुक्तिका लागि पठाइएको छ र आजै अपराह्न नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहणको तयारी भइरहेको छ।
कुमार इङनाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ मन्त्री बन्न लागेका हुन्। हाल मन्त्रिपरिषद् १० सदस्यीय रहेको छ।