Home » Blog » पर्साका चारवटै निर्वाचन क्षेत्रमा रास्वपाको सुरुवाती अग्रता

पर्साका चारवटै निर्वाचन क्षेत्रमा रास्वपाको सुरुवाती अग्रता

Ankushdaily
0 comment 20 views
विरगंज ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रको प्रारम्भिक मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता कायम गरेको छ। प्राप्त पछिल्लो विवरण अनुसार, सबै क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्दै अग्रता हासिल गरेका हुन्।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार हरि पन्त ७९३ मतसहित पहिलो स्थानमा रहेका छन्। उनलाई नेपाली कांग्रेसका अनिल रूंगटाले ४८० मत र नेकपा एमालेका उम्मेदवारले ४०५ मतका साथ पछ्याइरहेका छन्। त्यसैगरी, क्षेत्र नम्बर २ मा रास्वपाका सुशील कुमार कानु २,३२४ मतसहित निकै अगाडि देखिएका छन्। सो क्षेत्रमा नेकपा एमालेकी उम्मेदवार रिमा यादवले १,३०७ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसका अजय चौरसिया ९०० मतका साथ तेस्रो स्थानमा रहेका छन्।
पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा पनि रास्वपाकै उम्मेदवार रामाकान्त चौरसिया १,०५१ मतका साथ शीर्ष स्थानमा छन्। यहाँ नेपाली कांग्रेसका सुरेन्द्र चौधरीले ७७१ मत र नेकपा एमालेका रूपेश पाण्डेले २३८ मत प्राप्त गरेका छन्। यस्तै, क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार टेक बहादुर शाक्य ५७५ मतसहित अग्रस्थानमा रहँदा नेकपा एमालेका जालिम मियाँले २३३ र नेपाली कांग्रेसका रमेश रिजालले १७४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.