Home » Blog » नेपाली नागरिकका लागि श्रीलंकाको पर्यटक भिसा पूर्ण रूपमा निःशुल्क

नेपाली नागरिकका लागि श्रीलंकाको पर्यटक भिसा पूर्ण रूपमा निःशुल्क

Ankushdaily
0 comments 4 views
विरगंज ।
नेपाली नागरिकहरूले अब निःशुल्क रूपमा श्रीलंकाको पर्यटक भिसा (इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन-ईटीए) पाउने भएका छन्। काठमाडौँस्थित श्रीलंकाली दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपालसहित विश्वका ४० देशका नागरिकलाई लक्षित गरी यो सुविधा ल्याइएको जानकारी दिएको हो। यो नयाँ व्यवस्था सन् २०२६ मे २५ देखि नै कार्यान्वयनमा आइसकेको छ।
नयाँ प्रावधान अनुसार पर्यटन प्रयोजनका लागि श्रीलंका भ्रमण गर्ने नेपालीहरूले ३० दिनको अवधिसहित दुई पटकसम्म प्रवेश गर्न मिल्ने (डबल इन्ट्री) भिसा बिनाकुनै शुल्क प्राप्त गर्नेछन्। यसअघि नेपाली नागरिकले श्रीलंकाको पर्यटक भिसाका लागि तोकिएको शुल्क तिर्नुपर्ने बाध्यता थियो। श्रीलंका सरकारको यस निर्णयले दुई देशबीचको कूटनीतिक तथा पर्यटकीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
श्रीलंका भ्रमणको योजनामा रहेका यात्रुहरूले प्रस्थान गर्नुअघि नै त्यहाँको अध्यागमन विभागको आधिकारिक वेबसाइटमार्फत अनलाइन वा काठमाडौँस्थित दूतावासमा सिधै सम्पर्क गरेर अनिवार्य रूपमा आफ्नो ईटीए लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित पोस्टहरू