Home » Blog » छलकपटले भरिपूर्ण छापोलिया फन्दामा पर्ने

छलकपटले भरिपूर्ण छापोलिया फन्दामा पर्ने

अंकुश दैनिक
0 comment 7 views

वीरगंज, ३० असोज ।
भारत पश्चिम चम्पारण रामनगर बिहार बस्ने अनिल कुमार छापोलिया कम समयमा छलकपट गरेर नोट छापेको देखेपछि छर छिमेकमा व्यापक चर्चा शुरु भएको छ ।
रामनगरबाट वीरगंज आउँदा स्व. नरेन्द्र केडियाको घरमा भाडामा बस्ने अनिल र उनका सहोदर भाई संजय दुवैले दिनरात मेहनत गरी काम गर्थे ।
जग्गा जमिनको कारोबारबाट टन्न पैसा कमाए पछि आफ्ना पार्टनर चौबेको उक्साहटमा अनिलले संजयलाई निकाल बाहर गरे । अहिले पनि देखावटी रुपमा भाडामा बस्दै आएका छापोलियाले आफ्नो नाम, थर ढाँट्न लगाई छोराको नाममा नक्कली नागरिकता दिलाएर आफ्नो सम्पतिको व्यवस्थापनमा जुटेका छन् ।
सम्बन्धित निकायले छानबिन प्रकृया अगाडी बढाएमा छापोलियाको कालो कर्तुतको पर्दाफास हुने र नाम थर ढाँटेर लिएको नागरिकता बदर हुने निश्चित छ । अनिल छापोलिया, उनका तिन भाई र छोरीहरु जम्मै भारतीय रहेको तथ्य प्रमाणले देखाउँदा देखाउँदै एउटा छोरा मात्र कसरी नव नागरिक बन्न सफल भयो Û यो प्रश्नको उत्तर कसले दिने ? छापोलियाको छोरा उनीभन्दा पनि चारकदम अगाडी रहेको र अहिलेका युवाहरुबीच देखिएका विकृतिहरुको भरमार रहेको उनका साथीहरुको भनाइ रहेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.