Home » Blog » ३ दिनभित्र कर्मचारी दरबन्दी विवरण पठाउन स्थानीय तहलाई निर्देशन

३ दिनभित्र कर्मचारी दरबन्दी विवरण पठाउन स्थानीय तहलाई निर्देशन

Ankushdaily
0 comment 8 views
विरगंज ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरू (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाँउपालिकाअर्न्तगतका निकायहरू)को कर्मचारीको स्वीकृत दरबन्दीको एकीकृत विवरण ३ दिनभित्र पठाउन निर्देशन दिएको छ ।
मन्त्रालयको संगठन विकास शाखाले जारी गरेको पत्रअनुसार सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा एकीकृत जनशक्ति प्रक्षेपण तयार गर्ने उद्देश्यले स्थानीय तहलाई उक्त विवरण उपलब्ध गराउन भनिएको हो ।
पत्रमा स्थानीय तहअन्तर्गतका निकायहरूका कर्मचारीहरूको स्वीकृत दरबन्दीको एकमुष्ट विवरण तयार गरी मन्त्रालयको इमेल ठेगानामा पठाउन भनिएकाे छ ।
मन्त्रालयले तोकिएको समयसीमाभित्र विवरण उपलब्ध गराउन नसके सेवा व्यवस्थापन र जनशक्ति योजना निर्माणमा समस्या आउने उल्लेख गरेको छ । साथै, सूचना तथा प्रविधि शाखालाई उक्त विवरण वेबसाइटमा अपलोड गर्ने जिम्मेवारी समेत दिएको छ । नयाँ सरकार गठनसँगै मन्त्रालयले स्थानीय तहमा रिक्त कर्मचारीको खटाउँदै आइरहेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.