Home » Blog » नारायणी अस्पताललाई नेता रुगंटाको सहयोग

नारायणी अस्पताललाई नेता रुगंटाको सहयोग

अंकुश दैनिक
0 comment 5 views

बिरगंज २१ चैत ।
नेपाली कांग्रेसका युवा नेता एवं पूर्व सासंद अनिल रुगंटाले वीरगन्जको नारायणी अस्पताललाई आवश्यक उपकरण उपलब्ध गराएका छन् ।

शुक्रबार अस्पतालको अनुगमन गर्ने क्रममा अस्पतालका मेसु डा. मदन उपाध्यायले निजि अस्पतालमा विभिन्न बहानामा विरामीहरुलाई भर्ना लिन नमानेपछि यहाँ ह्वातै विरामीको संख्या बढ्न बढेको बताएका थिए । थप उपकरणहरुको अभावमा गम्भीर प्रकृतीका विरामीलाई यहाँबाट बाध्य भएर रेफर गर्नु परेको गुनासो गरेका थिए ।

मेसुको गुनासो सुनेपछि नेता रुगंटाले तत्काल ३ थान ग्यास आपुर्ती गर्ने अक्सिजन कनर्सन्ट्राक्टर उपलब्ध गराउँन प्रतिबद्धता जनाउँदै यसको खरिदको लागि आवश्यक प्रकृया शुरु गर्न सुझाव दिए । उनले भने, ‘भोलीदेखि नै यसको खरिद प्रकृयामा लागि हाल्नुस् यसमा लाग्ने सम्पूर्ण खर्च आफूले नै व्यवहेर्ने छ ।’

नेपालमा पनि ६ जनामा पोजेटिभ भेटिएको छ । पूर्व सासंद समेत रहेको नेता रुगंटाले भने, आवश्यक परे अस्पतालको प्रसृती गृहको खाली रहेको तेश्रो तल्लामा आइशोलेसनको लागि सम्पूर्ण व्यवस्था मिलाउन तयार रहेको छु ।

मेसु डा. उपाध्यायलाई अस्पतालमा आउने विरामीलाई सहघन उपचार हुनुपर्छ यहाँबाट उपकरणको अभाव अथवा हुनैपनि बहानामा अन्तै रेफर नगर्न सुझाव दिँदै उनले भने,‘तपाई हामीलाई भन्नुस् के को व्यवस्था मिलाउनुपर्छ त्यसको लागि २४ औं घण्टा सहयोग गर्न हामी तयार छौं ।’

उनले अस्पताललाई सेनेटाईजर गर्नको लागि आवश्यक किटनाशक औषधि समेत उपलब्ध गराएका थिए । अत्यन्तै महंगो मूल्य पर्ने करिब ३५ लिटर किटनाशक औषधि उपलब्ध गराएर अस्पतालको सम्पूर्ण भागलाई सेनेटाईजर गरिएको थियो ।

अस्पतालको अनुगमन गर्ने क्रममा कांग्रेसका पर्सा क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापती जर्नाधन सिंह क्षेत्री, अस्पतालका चिकित्सक डा. विरेन्द्र प्रधान, डा. उदयनारायण सिंह लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.