Home » Blog » मेयर यादवको कोल्डस्टोरमा प्रशासनद्वारा शिलबन्दी

मेयर यादवको कोल्डस्टोरमा प्रशासनद्वारा शिलबन्दी

अंकुश दैनिक
0 comment 14 views

बारा २९ चैत्र ।

कलैया उप-महानगरपालिकाका प्रमुख राजेश राय यादवको कोल्डस्टोरमा बारा प्रशासनले छापामारी गरी ३८० बोरा दाल सिल बन्दी गरेको छ । कुहिएको दाल राहत स्वरुप बितरण भैरहेको खबर सार्वजनिक भएपछि स्थानीय प्रशासनले कलैया उपमहानगरपालिका–७ स्थित यादव चिस्यान गोदाम (कोल्ड स्टोर) मा शनिबार शिलबन्दी गरेको छ। गुणस्तरहीन दाल राहत स्वरुप नगर प्रमुख यादवले वडाहरुमा बितरण गराएपछि स्थानीय र राजनीतिक दलको गुनासो आएपछि नमुना सङ्कलन गरी ३८० बोरा दाल शिलबन्दी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । लकडाउनको मौका छोपेर चार वर्षदेखि गोदाममा थन्किएको दाल खपत गर्ने उद्देश्यले मेयर रायले आफ्ना नजिकका वडाध्यक्षलाई उधारोमा बिक्री गरी राहतमा बाँड्न लगाएको पाइएको छ। जनस्तरबाट कुहिएको दाल वितरण गरिएको गुनासो आएपछि स्थानीय प्रशासन र प्रहरीले अनुगमन गरेको थियो।  ५ वर्ष पुरानो पहिले बिक्री नभएको कुहिएको दाल नगरप्रमुख यादबले नगरपालिकाको रकमबाट भुक्तानी हुनेगरी कलैया उपमहानगरपालिका वडा नम्बर १,७ र २०का स्थानीय गरिब असाय र मजदुरका लागि राहत वितरण गर्न लागेकोमा वडा नम्बर २० मा शुक्रबार नै स्थानीयको विरोधका कारण रोकिएको र वडा नम्बर ७ मा भने वितरण गरिएको थियो ।  प्रशासनले केहिबेर अगाडि गोदाममा छापा मारेर दाल सिलबन्दी गरेको छ । स्मरणरहोस मेयर यादवले गुणस्तरहीन सामाग्री बितरण गरेको खबर हिजो अंकुश डेली डट कमले स-प्रमाण प्रकासित गरेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.